नरदेवी आयुर्वेद चिकित्सालयले विगत १०० वर्ष देखि नि:शुल्क बिरामी परिक्षण एवं औषधि वितरण सेवा सन्चालन गर्दै आइरहेको छ | साथै १८ क्याबिन र १०० जनरल बेडको सुविधा सम्पन्न अन्तरंग सेवा प्रदान गर्दै आइरहेको छ | नेपालको संविधानको धारा ३५ मा राज्यबाट कानुनमा व्यवस्था भए बमोजिमआधारभूत स्वास्थ्य सुविधा नि:शुल्क रुपमा नेपाली नागरिकले पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ | आफ्नो स्थापना कालदेखि नै नरदेवी आयुर्वेद चिकित्सालयबाट नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिदै आइएको छ | यसले आंशिक रुपमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने संविधान प्रदत्त नागरिकको मौलिक हकलाई व्यवहारिक बनाएको छ |
यस अस्पतालमा विशेषज्ञ सहित १८ जना चिकित्सक एवं स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु गरी लगभग ११८ जनशक्ति कार्यरत छन | नेपालको राष्ट्रिय चिकित्सा पधत्तिको रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिबाट हाम्रो देशका अधिकांस जनताले नि:शुल्क स्वास्थ्य सेवा पाइरहेका छन् | नेपाल सरकार आयुर्वेद विभाग मातहतमा रहेका १४ अंचल आयुर्वेद औषधालय, ६१ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ साधारण आयुर्वेद औषधालयको रिफरर संस्थाको रुपमा केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवी रहेको छ | थप पढ्नुहोस्…