बमन, विरेचन, वस्ति, नस्य, शिरोधरा, बाहय वस्ति, स्नेहन, स्वेदनबाट शरीरको दुषित पदार्थ निकाली जरै देखि रोग निर्मुल गर्नुका साथै रोगसँग लड्ने क्षमता वृद्धि गरि रोग लाग्नबाट बच्न सकिन्छ | यस चिकित्सा विधिबाट बाथ, उच्च रक्तचाप, मधुमेह, शरीरको तौल बढी हुने, दम, पिनास, माइग्रेन, घुडाँ, ढाडको हाड खिइएको, एवं शवेत्प्रदर लगायत महिलामा लाग्ने रोगहरुको उपचार गरिन्छ | योगको नियमित अभ्यासद्वारा स्वास्थ्य लाभ गर्न सक्नु हुनेछ |